राष्ट्रपति डा.रामवरण यादवले दलहरुले संविधान बनाउन ढिलाई गरेका कारण आफू लामो समयसम्म पदमा बसिरहनुपरेको बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित दलित अधिकारका विविध सवाल र यसका आयामहरु विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति यादवले दुई वर्षमा संविधान बनाउन दलहरु असफल भएकै कारण आफू पदमा बसिरहनुपरेको उल्लेख गर्नुभयो । राष्ट्रपति यादवले दलहरु अझै संविधान लेखन कार्यमा लागिरहेको अवस्थामा सहयोग गर्ने भन्दै पद छाड्न नमिल्ने समेत उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिलाई संस्थागत गर्न सकेमात्र मुलुक विकासको बाटोमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

Comments

comments