एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएको शक्तिशाली विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ ।

सोमालियाको राजधानी मोगादिसुको ब्यस्त इलाकामा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुई हप्ता अघि मात्रै मोगादिसुमा भएको शक्तिशाली विस्फोटमा ३ सय ५० जना मारिएका थिए ।

मोगादिसुको एक चर्चित होटल नजिक शनिवार एक कार बम विस्फोट भएको थियो । त्यसको ३० मिनेट लगत्तै पुरानो संसद भवनको नजिक अर्को शक्तिशाली विस्फोट भएको थियो ।

विस्फोटको जिम्मेवारी इस्लामिक चरमपन्थी संगठन अल–अशाबले जनाएको छ । दुई हप्ता अघि भएको विस्फोटमा पनि अल शबाबकै जिम्मेवार रहेको अधिकारीहरुले जनाएका थिए । मोगादिसुमा प्रान्तय नेता सरकारसँग अल शबाब विरुद्ध रणनीति बनाउन जुटिरहेकाबेला यो विस्फोट भएको हो । प्रान्तीय नेताले आजका लागि बैठक प्रस्तावि गरेका थिए ।

Comments