परिकार डेस्क । मांसाहारीहरुकालागि पोर्कका विभिन्न आइटम विशेष परिकार मानिन्छन् ।

पोर्क अष्ट्रेलिया,जापान लगायतका देशमा अझ बढी लोकप्रिय मानिन्छन् । त्यसैले हिमालयन कङ्गारुको परिकार स्तम्भमा यसपटक हामीले पोर्कको स्वादिलो रोष्ट घरमै कसरी तयार पार्न सकिन्छ ? भन्नेबारेमा यो सामाग्री प्रस्तुत गर्दैछौं ।

आवश्यक सामग्री : पोर्क फिल्ला १ केजी, सोया सस २ चम्चा, लसुनका पोटी २० वटा, भटमासको तेल १ चम्चा, धूलो खुर्सानी ३ चम्चा, मरिच आधा चम्चा तथा नुन स्वादअनुसार ।

बनाउने विधि : फिलालाई राम्रोसँग पखालेर सोया सस दल्ने । २ वटा लसुन मासुलाई घोच्दै भित्र गाड्दै जाने । अब सोया सस, भटमासको तेल, खुर्सानीको धूलो तथा मरिचले दायाँ–बायाँ दलेर राख्ने । प्रेसरकुकरमा १ कप पानी तथा नुन हालेर तयार फिल्ला राख्ने । सिठी लगाएपछि सानो आँचमा १० मिनेटजति पकाउने । सिठी खोलेर माथिबाट कागतीको रस हालिदिने । पोर्कलाई निकालेर स्लाइस आकारमा काटेर सेतो प्लेटमा राख्ने र माथिबाट प्रेसरकुकरमा रहेको ग्रेभी खन्याइदिने । यो पोर्क रोस्ट निकै स्वादिलो हुन्छ ।

 

Comments

comments