काठमाडौं । धादिङको गजुरीमा यात्रुबाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । राजबिराजबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस गजुरी गाउँपालिकास्थित घाटबेँशी नजिक शनिबार बिहान करिब ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट १५ जनाको जीवितै उद्धार गरिएको छ भने बस त्रिशुली नदीमा बेपत्ता भएको छ ।बसमा कति यात्रु थिए खुल्न सकेको छैन । नदीमा डुबेकाले बसको नम्बर पनि नखुलेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।दुर्घटनास्थलमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन भइसकेको छ।

Comments

comments