काठमाडौं । लोकप्रिय नेता लालबाबु पण्डितको जीवन अब पुस्तकमा पढ्न पाइने भएको छ ।पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।

नेकपा (एमाले) का नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइ पुस्तकमा समेटिएको पुस्तक प्रकाशक नेपालयले जनाएको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालय सम्हालेका नेता पण्डितले उदाहरणीय काम गरेर सबैको मन जितेका थिए ।

यसै महिनाभित्र सार्वजनिक हुने बताइएको ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामाकरण गरिएको यो पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।

laalbabu cover final

Comments

comments