मेलबर्न । अष्ट्रेलियामा नेपाली कालजयी गीत र संगीत गुन्जिने भएका छन् ।

यही शनिबार मेलबर्नमा योजना गरिएको ‘साउण्डस अफ नेपाल विथ महागुठी’ मा मेलबर्नमा बसोवास गर्ने नेपाली संगीत क्षेत्रका विभिन्न कलाकारहरुले कालजयी गीत तथा संगीत प्रस्तुत गर्ने भएका हुन् ।

प्रवेश शुल्क ५० डलर राखिएको कार्यक्रममा नेपाली संगीत संगै नेपाली परिकारको पनि स्वाद लिन सकिनेछ । नेपाली परिकार, प्रवेशशुल्क अन्तर्गत व्यवस्था गरिएको छ ।

नेपाली गीत संगीतको प्रबर्द्धन साथै दोश्रो पुस्ताको लागि पनि नेपाली गीत संगतिप्रति आकर्षित गराउनु कार्यक्रमको मूख्य उद्देश्य रहेको आयोजकले बताएका छन्।परिवार तथा आफन्त, साथीभाई संगै रमाउन सकिने उक्त भव्य सांगीतिक कार्यक्रमले नेपाल बाट टाढा रहेका मेलबर्नवासीलाई नेपालसंग भावनात्मक रुपमा अझ नजिक ल्याउने विश्वास गरिएको छ ।

कार्यक्रम मेलबर्नको ईस्टोनियन हाउसमा यो शनिबार साँझ ६ बजेपछि सुरु हुनेछ ।

Please follow and like us:

Comments