काठमाडौं । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यअनुरुप श्रद्धापूर्वक पूजाआजा र अर्घ दिएपछि मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ समापन भएको छ ।

छठ पर्वको अवसरमा शुक्रवार विहानै देशका प्रमुख भागका नहर, नदी, तलाउहरुमा छठी अर्थात छठ माताको पूजा गर्नको लागि श्रद्धालुहरुको भिड लागेको थियो । मूलतः तराईवासी र विशेष मैथिल समाजले मनाउने चाडको रुपमा रहेको छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा काठमाडौं उपत्यकाका नदी–पोखरीमा समेत बिहानै उदाउँदो सुर्यलाई पूजा गर्नको लागि श्रद्धालु भक्तजनको भिड लाग्यो ।

छठको अवसरमा सरकारले शुक्रवार पनि सार्वजनिक विदा दिएको छ ।

Comments

comments