काठमाडौं । नेपाल वायु सेवा निगमले आउँदो असारबाट काठमाडौं–अष्ट्रेलिया सीधा उडान शुरु गर्ने अन्तिम तयारी गरेको छ ।

निगमले खरिद गरेका नयाँ जहाज आउँदो असारसम्ममा आइपुग्ने निगमले जनाएको छ । आफुहरुसँगको सम्झौता बमोजिम अमेरिकाको एएआर कर्पोरेसनले एयरबस ए ३३०–२०० सिरिजका जहाज असार भित्र उपलब्ध गराउन लागेको निगम महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिनुभयो ।

लामो दूरीमा पुग्नसक्ने वाइड बडी जहाज आएलगत्तै जापान, दक्षिण कोरिया र साउदी अरेवीयामा उडान सुरु गर्ने लक्ष लिएको उहाँले बताउनुभयो । यी जहाजबाट अष्ट्रेलियादेखि युरोपसम्म उडान गर्न सक्ने कंशाकारको भनाइ छ। अष्ट्रेलिया पछिल्लो समय नेपालीहरुको प्रमुख गन्तव्यमध्येमा पर्ने भएकोले काठमाडौ अष्ट्रेलिया सीधा उडान राख्ने तयारी भैरहेको उहाँले बताउनुभयो । ‘

ए ३३०–२०० सिरजका जहाज किन्न निमगलाई कर्मचारी संचय कोष र नागरिक लगानी कोषले कर्जा लगानी गरेका छन्। दुई जहाजको पहिलो किस्ता स्वरुप निगमले आठ अर्ब रुपैयाँ पठाइ सकेको छ। निगमले दुबै सरकारी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण सम्झौता गरेको छ।

Comments

comments