‘सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो माया जाल….’ कुनै समय नेपाली लोकगीत बजारमा निकै चर्चाको गीत हो यो । यो गीतले प्रेमका कुरा मात्रै गर्दैन यसले सुर्खेतको वर्णन पनि गर्छ ।
कोहलपुरदेखि उत्तरी दिशामा करिब ५४ किलोमिटरको दूरीमा पर्ने यो बुलबुल ताल सुर्खेत बिरेन्द्रनगरको पहिचान हो । प्राकृतिक सौन्र्दयले भरिपूर्ण बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएको छ । बुलबुले ताल धेरै ठूलो भने छैन् । तर पहाडको टुप्पोमा फराकिलो ताल हुनु आफैमा रमाइलो लाग्छ ।
बुलबुल गर्दै जमिनबाट लगातार निस्कने पानीलाई संकलन गरी कृतिम रुपमा बनाइएको ताल हो । ताल वरिपरी बनाइएको आर्कषक उद्यानले पर्यटकको मन लोभ्याउँछ । एकान्तमा बगैचामा आनन्दसँग बस्न चाहनेहरुका लागि यो बँगैचा उपयुक्त थलो हो । बिस २०३० सालमा राजा बीरेन्द्रको सुर्खेत भ्रमणका क्रममा उनकै निर्देशनमा उक्त उद्यान निर्माण गरिएको हो ।
सुर्खेतमा बुलबुले ताल मात्रै होइन नजिकै रहेको कांक्रेबिहार पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक तथा पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिने कांक्रेबिहार केहीले पाण्डवहरुले निर्माण गरेको भन्छन त केहीले बुद्धको पालामा निर्माण गरिएको भन्ने चलन पनि छ । निर्माण गर्दा गर्दै निर्माण पूरा हुन नसकेको यो मन्दिर सयौं वर्ष अहिले निर्माणधिन अवस्थामा छ । निर्माणका लागि तत्कालिन समयमा प्रयोग गरिएका ढुंगालाई प्रयोग गरिने छ । रमाइलो कुरा त के भने पौराणिक कालमा प्र्रयोग गरिएको सबै ढुंगामा कुनै न कुनै कलात्मक चित्र कोरिएको छ भने अधिंकाशमा बुद्ध भगवानको तस्बिर देख्न सकिन्छ । केहीले यो ठाउँमा भगवान रामले बिश्राम गरेको भनेर पनि भन्ने गरेका छन् ।

Comments