दाङ । दाङको देउखुरीमा सरकारी कर्मचारी र ठेकेदारसहित १८ जना जुवाडे पक्राउ परेका छन् । लमही नगरपालिका वडा नम्बर ७ तेलियास्थित टंक अधिकारीको घरमा जुवा खेलिरहेको अबस्थामा लमही –७ का टोपबहादुर वली, ५ का देवेन्द्र खड्का, ६ का भिमबहादुर घर्ती, ९ का खिमलाल वली, बिमल खड्का, प्रकाश कार्की र गढवा गाउँपालिका वडा नम्बर ६ का अजय कौशल, हरीप्रसाद भण्डारी, सन्दिप अधिकारी, रमेश मगर, राजेश कौशल र लमही नगरपालीका वडा नम्बर ९ का लिला वली पक्राउ परेका हुन् ।

त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर–७ का सरोज बस्नेत, मनोज बस्नेत, ईन्द्रबहादुर बस्नेत, नरेन्द्र सिंह र सुवास भण्डारीलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तिहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ३ लाख ५९ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments