काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गरिएका उम्मेदवारको नामावली आज प्रकाशित हुने भएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणमा सम्पन्न हुने निर्वाचनको संशोधित निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी नामावली आज प्रकाशित गरिने भएको हो । आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने भएको छ ।

कात्तिक ५ गते मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा सोमबार उजुरी दिने समय तोकिएको थियो । त्यस्तै बुधबार विहान १० बजेदेखि १ बजेभित्र उम्मेदवार फिर्ता लिन सक्ने र बुधबारनै १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिने भएको छ । अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

Comments

comments