मेलबर्न । अष्ट्रेलियामा फेरि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । आगलागीमा परेर एक नेपाली विद्यार्थीले ज्यान गुमाएको एक साता नबित्दै सोमवार उदयपुरका स्थायी बासिन्दा अञ्जानकुमार भट्टराईको निधन भएको हो ।

अष्ट्रेलियामा विद्यार्थी भिसामा आएका भट्टराईलाई सिड्नीस्थित आफ्नै डेरामा मृत भेटिएको हो । उनको मृत्युका कारण भने खुल्न सकेको छैन । तर चिकित्सकहरुका अनुसार उनको मृत्यु ब्रेन ह्यामरेजका कारण भएको हो । आइतवार साँझ साथीहरुसँग भेटघाटपछि भट्टराई एसाइन्मेण्ट गर्नुछ भन्दै आफ्नो डेरा फर्किएका थिए । करिब एक घण्टापछि उनीसँगै डेरामा बस्ने साथीहरु कामबाट फर्किएर आउँदा अञ्जान अचेत अवस्थामा भेटिएका थिए । तुरुन्तै अस्पताल लगिएका अञ्जानलाई चिकित्सकहरुले सोमवार विहान २ बजेतिर मृत घोषणा गरेका हुन् ।

कोरोनाबाट रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण खुल्ने चिकित्सकहरुले बताएका छन् । २५ वर्षीय अञ्जान सिक्युयु विश्वविद्यालयमा एकाउण्टिङमा स्नातकोत्तर अध्ययन गर्दै थिए । केही समयदेखि खुट्टा दुखाइबाट पीडित उनले नियमित औषधि सेवन गर्दै आएको उनी निकट साथीले बताए । अञ्जानको परिवार काठमाडौंको पेप्सीकोलामा बस्दै आएको बताइएको छ ।

यसैबीच अञ्जानको शव नेपाल पुर्याइ अन्तिम दाहासंस्कारकालागि परिवारजनलाई बुझाउन आवश्यक रकम जुटाउन सहयोग संकलन अभियान शुरु गरिएको छ । सहयोगी दाताहरुले मृतकका दिदी मल्भिका बस्नेतको कमनवेल्थ बैंकमा रहेको बिएसबी ०६२१०५ खाता नम्बर १०५०४९८४ मा रकम जम्मा गरिदिनसक्ने व्यवस्था मिलाइएको छ । अथवा ०४०११६९२२५ नम्बर मा सोझै सम्पर्क गर्न समेत सकिनेछ ।

Comments

comments