काठमाडौं । तिहारपछि खुलेको पहिलो दिन आइतवार नेपाल राष्ट्र बैंकले प्रति एक अष्ट्रेलियन डलरको खरिद दर ८१ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ । प्रति एक अष्ट्रेलियन डलरको विक्री दर भने ८१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यस्तै आइतवार प्रति एक अमेरिकी डलरको खरिद दर १०३ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ भने विक्री दर १०४ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।

राष्ट्र बैंकले प्रति एक युरोपियन युरोको खरिद दर १२२ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ । यस्तै प्रति एक युरोपियन युरोको विक्री दर १२३ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।

Comments