एजेन्सी । अफगानिस्तानका दुई मस्जिदमा भएका आक्रमणमा ५९ जनाको ज्यान गएको छ ।

राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् ।

यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा भएको आक्रमणमा २० जनाको ज्यान गएको छ । काबुलको मस्जिदमा भएको आक्रमणको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ ।

आक्रणमकारीले शुक्रबार हुने नियमित प्राथनाका लागि जम्मा भएका भक्तजनलाई लक्षित गरी बन्दुक चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । अफगानिस्तानमा यो हप्ता मस्जिदमा भएका आक्रमणमा कम्तिमा एक सय ७६ जनाको ज्यान गएको छ ।

Comments

comments