मेलबर्न । अष्ट्रेलियाको मेलबर्नको पूर्वी क्षेत्रमा अवस्थित काम्बरवेलमा विहीवार राति आगलागीमा परी ज्यान गुमाएका युवक नेपाली रहेको थाहा भएको छ ।

विद्यार्थीको रुपमा आएका ती युवाको पूर्ण परिचय भने अहिलेसम्म नखुलेको भिक्टोरिया प्रहरीले जनाएको छ ।

परिवारसँगको सम्पर्कपछि अन्य विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । राति १२ः३० बजेको आसपासमा आगलागी भएपछि २० भन्दा बढी दमकलहरु घट्नाास्थलमा पुगेका थिए । तर, त्यतिबेलासम्म आगोले जलेर ती युवाको ज्यान गइसकेको थियो । उक्त घरमा बसोबास गर्ने अन्य दुईजनाले भने आफ्नो ज्यान जोगाउन सफल भएका छन् । महानगरीय दमकल विभागका कमाण्डर ब्रायन ह्वीटाकरले आगलागी भएको घरभित्र २५ वर्षीय एक युवकको शव फेला परेको पुष्टि गरे । आगलागी क्याम्बरवेलको कींग्स्ले स्ट्रीटमा अवस्थित घरमा भएको हो ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले मृतक युवक नेपाली नै रहेको पुष्टि गर्दै मृतककन परिवारसँग सम्पर्क भैसकेको बताउनुभयो । परिवारको अनुमतिपछि मात्रै मृतक नेपाली युवाको बारेमा थप जानकारी हुने उहाँले जानकारी दिनुभयो छ ।

नेपालको सीतापाईलामा घर भएका ती नेपाली विद्यार्थी करिब तीन वर्षअघि अष्ट्रेलिया आएको बताइएको छ ।

Comments

comments