एजेन्सी । आफू निर्वाचित भए लगत्तै छिमेकी मुलुक मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त घोषणा कार्यान्वयनमा ल्याइने भएको छ ।

राष्ट्रपति ट्रम्पको प्रस्ताव अनुसार लगाइने पर्खालको प्रतिस्वरुपहरु समेत तयार पारिएको छ । सान डियागोमा निर्माणाधीन सीमा पर्खालका विभिन्न ८ डिजाइन सार्वजनिक गरिएको छ । ती सबै प्रतिस्वरुप पर्खाल साँढे पाँचदेखि नौ मिटर उचाइका रहेका छन् । सबै पर्खाल कंक्रिटले निर्माण गरिएको छ ।

अमेरिकी आन्तरिक सुरक्षा विभागले प्रस्ताव पर्खालका ती प्रतिस्वरुपहरुमाथि अर्को सातादेखि परीक्षण शुरु गर्ने भएको छ । पर्खाल निर्माण भएपछि मेक्सिकोको सीमा भएर गैरकानुनी रुपमा अमेरिका पस्ने अप्रवासीहरु रोक्न सफल हुने अपेक्षा गरिएको छ ।

Comments

comments