मेलबर्न । अष्ट्रेलियाको क्यामबेरवेलको एक घरमा लागेको आगजनीमा परि एक युवकको ज्यान गएको छ । रातभरि लागेको आगोबाट उनलाई बाहिर निकाल्ने सबै प्रयास असफल भएपछि उनको घरभित्रै जलेर ज्यान गएको अष्ट्रेलियन सञ्चार माध्यमहरुले जनाएका छन् ।

महानगरीय अग्नी नियन्त्रन विभागका कमाण्डर ब्रियन ह्विटकरले आज विहान भिक्टोरिया राज्यको किङ्सले सेन्टको एक घरमा लागेको आगजनीमा परी २५ वर्षीय ती युवकको ज्यान गएको पुष्टि गरेका हुन् । घरभित्र रहेका २० वर्षका दुई जनाले भने आफ्नो ज्यान जोगाउन सफल भएका छन् । घरभित्र थुनिएका आफ्ना साथीलाई उनीहरुले बाहिर निकाल्ने कोशिस गरे पनि आगोको भीषण ज्वालाका कारण असफल भएको बताए ।

आगलागी भएको घरमा धँवा देखिदा अलार्म बज्ने प्रविधि जडान नगरिएको पाइएको समाचारमा उल्लेख छ । आगलागीको कारण नखुले पनि चुरोटको ठूटोको कारण आगलागी भएको हुनसक्ने अनुसन्धान टोलीले अनुमान लगाएको छ । मृतक युवकले धुम्रपान गर्ने गरेको समाचारमा उल्लेख छ ।

Photo Source : heraldsun

Comments

comments