काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै मन्त्रिपरिषद्का सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई बिनाविभागीयको हैसियतमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् । सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग असोज १७ गते चुनावी तालमेलसहित पार्टी एकीकरणको घोषणा गरेपछि सरकारको नेतृत्व गरेको कांग्रेस र माओवादीबीच खटपट पैदा भएको थियो ।

एमालेसँग चुनावी तालमेल गर्ने निर्णय माओवादी केन्द्रले गरेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले उसलाई सरकार छाडेर सहयोग गर्न आग्रह गर्दै आएका थिए ।

Comments

comments