काठमाडौं । दुबईमा जागिर मिलाईदिने प्रलोभन दिएर पर्यटक भिसामा यूएई लगी अलपत्र पार्नेमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बाग्लुङ घर भएका म्यानपावर व्यवसायी ईश्र भण्डारी, गोरखा मान्बु घर भई म्यानपावर कम्पनीमा कार्यरत विर्घमान गुरुङ र मीन भन्ने राजु घले तथा कैलाली लम्कीचुहा घर भई ललितपुरको भैंसेपाटीमा ट्राभल एजेन्सी चलाएर बसेका भानु ढकाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यी चारै जनाले मिलेमतोमा १६ जनालाई पर्यटक भिसामा यूएई लगेर अलपत्र पारेका थिए । उनीहरुले प्रतिव्यक्ति साढे २ लाखदेखि भिसामा मान्छे उडाएका थिए ।  प्रहरीले चारै जनालाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान जारी राखेको छ ।

Please follow and like us:

Comments