काठमाडौं । भारतीय रियालिटी शो बिग बोस चर्चामा आइरहन्छ । अहिले बिग बोसको ११ औं सिजन चलिरहेको छ । बिग बोसमा प्रतिस्पर्धी, कार्यक्रमका संचालक सलमान खान पछि, सबैलाई आकर्षित गर्ने अर्को व्यक्ति छन् , जो लुकेका छन् , बिग बोसको परिचयमा ।

बिग बोसको भारि र आकर्षक स्वरले कार्यक्रमको परिचय दिलाएको छ । तर, त्यो स्वरका धनी भने पर्दा पछाडी रहन्छन् । को हुन् ती बोग बोस ?

भारतीय संचारमाध्यमका अनुसार, अतुल कुमारले रेडियो तथा टि.भी मा कार्यक्रम संचालकको रुपमा काम गर्थे । आकर्षित गर्ने खालको उनको स्वरका कारण उनलाई बिग बोसको बोलीको लागि अफर गरिएको थियो र हालसम्म उनकै बोलि बिग बोसमा सुन्न पाइन्छ। उनी एक कलाकार समेत हुन् । पछिल्लो समयमा भने अतुल, आवाज भर्ने काममै व्यस्त रहेका छन् । त्यसैले उनको नयाँ परिचय, आवाज कलाकार बनेको छ ।

२००३ मा टेलिसिरियल ‘जस्सी जैसी कोही नही’ को प्रोमोमा आवाज दिएपछि अतुल कुमारको करियरले नयाँ गती लिएको थियो । बिग बोसमा लुकेर रहने उनी कार्यक्रमको सिजन सकिएपछि प्रतिस्पर्धीहरुसंग भेट्ने र फोटो लिने गर्ने गर्छन् ।

Please follow and like us:

Comments