कास्की । पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ एकैपटक खसेका छन् ।

सोमवार हावा हुरी र पानी आउँदा ७ वटा प्याराग्लाइडिङ एकैपटक फेवातालमा खसेका हुन् । फेवातालमा प्याराग्लाइडिङसँगै खसेका सबैको सकुशल उद्धार भएको एसपी अशोक सिंहले जानकारी दिनुभयो । तर एकजना चिनियाँ नागरिक भने घाइते भएको उहाँले बताउनुभयो ।

हावा हुरी आएपछि पाइलटले सुरक्षाकालागि प्याराग्लाइडिङ फेवातालमा खसाएको पुष्टि भएको छ ।

Comments

comments