काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकालको अध्यक्ष पदमा हालका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङ घलेबीच प्रतिस्पर्धा हुने भएको छ ।

उमेद्वारी दर्ता गर्ने अन्तिम समय सोमबार करिब १० बजे गुरुङले पनि उमेद्वारी दर्ता गरेपछि निर्वाचन हुने भएको हो । भट्टले हिजै आइतबार साँझ नै अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका थिए । सहमतिकालागि भन्दै अर्का आकांक्षी टिबी कार्कीले भने उम्मेदवारी दिनुभएन ।कार्कीले एनआरएनलाई बचाउन आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । कार्कीले प्यानलगत रुपमा कसैलाई सहयोग नगर्ने बताउनुभयो ।

‘गुरुङका श्रीमान तथा हालका अध्यक्ष शेष घले र भट्ट समूहका एनआरएनहरबीच हिजोदेखि लगातार वार्ता भएपनि सहमति हुन सकेन । सहमति नभएपछि गुरुङले अन्तिम समयमा उमेद्वारी दर्ता गराउनु भएको हो । सहमतिको प्रयास अझै जारी रहेपनि । सहमति जुट्ने सम्भावना भने निकै न्यून रहेको बताइएको छ ।

३५ सदस्य कार्यसमिति चयन गर्न आज ३ बजेबात मदतान शुरु गर्ने तयारी निर्वाचन समितिको छ । केही पदमा भने सर्वसम्मत भइसकेको छ ।

अध्यक्षका उमेद्वार भट्टले सामूहिक लगानी, स्मार्ट र एकेडेमी एनआरएनए बनाउने चुनावी ऐजेन्डा तय गर्नुभएको छ। गुरुङले एनआरएनएको आफ्नै भवनको निर्माण सम्पन्न गर्ने र लाप्राक पुननिर्माण प्रमुख ऐजेन्डा बनाउनुभएको छ। गत शनिबारबाट सुरु एनआरएनएको आठौ विश्व सम्मेलनले नयाँ कार्यसमिति चयन हुँदै छ ।

Comments

comments