काठमाडौं । तिहारको बढ्दो चहलपहलसँग महानगरीय प्रहरीले उपत्यकामा सुरक्षा कारबाही तीब्र बनाएको छ ।

यस क्रममा तिहारमा मानोरञ्जनका रुपमा प्रयोग हुने विभिन्न प्रकारका विष्फोटक पदार्थको ओसारपसार, कारोबार तथा प्रयोगम पूर्ण रोक लागाइएको प्रहरीले जनाएको छ ।

दशैंको तुलनामा तिहारमा चोरी, डकैती, गुण्डागर्दी बढ्दुका साथै जुवातास, ठगी हुने भएकाले शान्ति सुरक्षा थप प्रभावकारी पार्नुका साथै कारबाहीलाई अभियानकै रुपमा सशक्त पारिएको प्रहरी कार्यालकयका प्रवक्ता पूर्णचन्द्र जाशीले बताउनुभयो ।

Comments