काठमाडाैं । राजधानीका सरकारी अस्पतालमा प्रायः आईसीयूमा स्थान अभाव हुने गरेका छ । बिरामीले सहजै आईसीयूमा भर्ना भई उपचार सेवा मुस्किलले मात्रै पाउँछन् । बिरामीका आफन्त आईसीयू खोज्न सरकारी अस्पताल परिसरम रुमल्लिरहेका हुन्छन् ।

कति बिरामी आईसीयू उपलब्ध नहुँदा अस्पतालमै अलपत्र पर्ने गरेका छन् । बिरामीको बढ्दो चाप र अस्पतालमा सीमित पूर्वाधारले आईसीयूका लागि बिरामीले सास्ती खेप्नुपरिरहेको अस्पतालका निर्देशकहरु बताउँछन् । सरकारी अस्पतालमा आईसीयू अभावकै कारण बिरामीले समयमै उपचार सेवा पाउन सक्दैनन् ।

दशैंका बेला अचानक बेहोस भएपछि सिन्धुपाल्चोकका नेत्र गुरुङलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइयो निकैबेरसम्म आकस्मिक कक्षमा राख्दा पनि होस नआएपछि चिकित्सक टिमले उनलाई आइसीयू कक्षमा रिफर थरे ।

Comments

comments