काठमाडौं । कमजोर विद्यार्थीले लाखौं खर्च गरी गोप्य डिभाइसमार्फत चिट चोरेर एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्ने गरेको खुलेको छ ।

प्रहरीले शनिबार यस्तो ठूलो गिरोहलाई पक्राउ गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्था (आइआएम) को प्रवेश परीक्षामा सयौं विद्यार्थीलाई म्यागनेटिभ साउन्ड डिभाइसमार्फत जोरी गराउने समीर झासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानीको विभिन्न परीक्षा केन्द्रम प्रहरीले छापा हानी विद्यार्थी, मध्यस्थकर्ता र गिरोहका नाइकेलाई पक्राउ गरेको हो । ६ जना विद्यार्थीलाई गोप्य डिभाइससहित पक्राउ गरिएको अपराध महाशाखामा प्रहरी एसएसपी दिवेश लोहोनीले बताए । पाँच जना मध्यस्थकर्ता र तीनजना गिरोहका नाइके पनि पक्राउ परेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments