काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन । साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन ।

लेखा समितिले चित्रबहादुर केसीको अध्यक्षतामा गठित २१ सदस्यीय छानबिन समितिले विभिन्न २१ विषय र क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो । केसीले समितिलाई बुझाएको प्रतिवेदनमा ‘मौजुदा कार्यालयहरुको लगतको जग्गा पनि विभिन्न व्यक्ति तथा संस्थाबाट अतिक्रमण भएकाले कोषले उल्टै मुद्दामामिलासमेत खेप्नु परेको उल्लेख छ ।

समितिले गुठी तैनाथी जग्गाको संरक्षण नगरेको पनि उल्लेख गरेको थियो । तैनाथीका पशुपति क्षेत्रभित्र र बाहिरका जग्गाको सदुपयोगका सम्बन्धमा कुनै योजना बनाएको देखिएको थिएन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments