काठमाडौं ।‘छुट्टीने बेला के भन्ने ? सांसदको रुपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रोममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो । रुपान्तरित संसद्को अन्तिम दिन संसद सचिवालयले गरेको बिदाइ समारोहमा शीर्ष नेताहरुले संविधान बनाउन सकेकोमा गर्व महसुस गर्दै गर्दा अधिकांश सांसदको अनुहार मलिन थियो ।

आगामी प्रतिनिधिसभाको निर्वाचनमा हालका अधिकांश सांसद उम्मेदवारको सिफारिसमा परेका छैनन् । समानुपातिक कोटामा आएका सांसदको त कुरै छाडौं, ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका अधिकांश सांसद पनि उम्मेदवारको सिफारिसमा छैनन् ।

सत्तासीन कांग्रेसका अधिकांश बहालवाला सांसदको नाम दर्जनौं आकांक्षाबीच केन्द्रमा सिफारिसमा पुगेको छ भने एमालेका प्रत्यक्षतर्फ जितेका कैयौं सांसदको नाम स्थानीय कमिटीबाटै सिफारिस हुन सकेन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments