चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको विद्युत महशुल अनलाइन पद्धतिबाट तिर्न मिल्ने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवासँग विद्युत प्राधिकरणले सम्झौता गरेपछि भरतपुरबाट पनि अनलाइन पद्धतीमा विद्युत महसुल तिर्न मिलेको हो ।

प्राधिकरणका सेवाग्राहीले विद्युत उपभोग गरेबापत प्रत्येक महिनाको बिल प्राधिकरणले तोकेको अनुसार नै ई–सेवा मार्फत तिर्न सक्ने कार्यालय प्रमुख इन्जिनियर रामदुलार यादवले जानकारी दिनुभयो ।

ई–सेवाको खातामा रकम भएको खण्डमा सोही मार्फत शुल्क भुक्तानी गर्न सकिने तथा प्राधिकरणले दिँदै आएको नियमानुसारको छुट समेत हुनेछ । अनलाइन भुक्तानी सेवा प्रत्येक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments