दशैंका लागि राजधानीबाहिर जाने यातायातको टिकट बुकिङ आजदेखि शुरु भएको छ ।

आजदेखि यात्रुहरुले गोगबु,गौशाला,कलंकी र जोरपाटी लगायतका स्थानहरुबाट टिकट बुकिङ गर्न सक्नेछन् । साथै सरकारले दशैं अघि सवारीसाधनको भाडा नबढाउन यातायात व्यवसायीलाई आग्रह गरेको छ । चाड पर्वको बेला उपभोक्ता मर्कामा पर्ने हुँदा दसैँ अगाडि भाडा नबढाउन सरकारले अनुरोध गरेको हो ।

सरकारले आज भदौ २५ गते बिहान ७ बजेदेखि मात्र अग्रिम टिकट सुरक्षित गर्न खुला गर्ने, सिट क्षमताभन्दा बढी टिकट नकाट्ने, एउटै सिटमा दुई टिकट सुरक्षित नगर्ने र त्यस्तो भएमा पहिलो खरिदकर्तालाई सिट उपल्ऽब्ध गराउने तथा दोहोरो टिकट काट्नेलाई कारबाही गर्ने निर्देशन दिएको छ ।
साथै महिला र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित सिटमा अन्यलाई  यात्रा नगराउन र छ घन्टाभन्दा लामो रुटमा चल्ऽ्ने सवारी साधनमा अनिवार्य रुपमा दुई चालकको व्यवस्था गर्ने लगायत सहमति भएको छ ।

हवाई यात्रीलार्ई सहज रुपमा हवाई टिकट पाउने गरी टिकट बिक्रीको व्यवस्था मिलाउने तथा दुर्गम तथा पहाडी जिल्लामा थप उडान सञ्चाल्ऽन गर्नेबारेमा पनि सहमति भएको छ ।

Comments

comments