काठमाडौँ । व्यवस्थापिका संसदको शनिबार बसेको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षको निशानामा परे प्रधानमन्त्री शेरबहादुर देउवा ।

प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेताको हैसियतमा मन्तब्य राख्ने क्रममा अध्यक्ष ओलीले एकपछि अर्को आक्रमण प्रधानमन्त्री देउवामाथि गर्नुभयो । ओलीले विशेष गरेर प्रधानमन्त्रीले आचारसंहिता मिच्दै मन्त्रिपरिषद् विस्तार गरे ६४ सदस्यीय बनाएको आक्रोश पोख्नुभयो ।

‘निर्वाचन आयोगले आचारसंहिता विपरित छ भन्दा भन्दै मन्त्रीहरु थपेर के गर्न खोज्नुभएको ?’, ओलीले प्रश्न गर्नुभयो , ‘प्रधामन्त्रीज्यू मन्त्रीकै जुलुस गर्न लाग्नुभएको हो ? यतिबेला तपाईँलाई ५६ जना मन्त्रीले पुगेन ? मन्त्रीकै जुलुस निकाल्ने हो ?’

सरकार अल्पमतमा पर्ने कुराको खण्डन गर्दै अध्यक्ष ओलीले संसदको अवधि आज रातिबाट सकिएपछि यो बाटो नै नरहने पनि ध्यानाकर्षण गर्नुभयो । ‘संसदको अवधि सकिएपछि कसले गर्छ अविश्वासको प्रस्ताव । बहुमत किन चाहिएको हो सरकालाई ?’, ओलीले प्रधानमन्त्रीलाई सोध्नुभयो, ‘आचारसंहित मिच्दा प्रधानमन्त्रीको हाउभाउ नै अर्कैै थियो । डराई डराई यस्तो काम किन गर्नुपरेको ?’

अध्यक्ष ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीच वाम तालमेल हुँदा भुइँचालो नै गएको उल्लेख गर्नुभयो । ‘कम्युनिष्ट मिल्दा किन यस्तो भुइँचालो गएको हो ? इपिक सेन्टर पनि थाहा हुँदैन । भुइँचालो कांग्रेसभित्रै गएको हो कि बाहिरकै अर्को शक्तितिर ?’

Please follow and like us:

Comments