काठमाडौं । बलिवुड फिल्म ‘रेस-१’ र ‘रेस-२’ सफलता पछि, बन्दै गरेको ‘रेस-३’ मा सलमान खान ‘नेगेटिभ’ भूमिकामा देखिने भएका छन्। सलमान खान फिल्ममा ‘नेगेटिभ’ रोलमा पहिलो पटक देखिन लागेका हुन्। उनको एक्सन दृश्यहरु निकै दमदार हुने निर्माण पक्षले जनाएको छ।

‘रेस ३’ मा अभिनेता बबि देओल पनि देखिने भएका छन्। फिल्मका निर्माता रमेश तौरानीले ट्वीटरमार्फत दिएको जानकारी अनुसार बबि पनि यस फिल्ममा मुख्य भूमिकामा छन्।

सलमानले ‘रेस ३’ फिल्ममा कुनै अन्तरंग दृश्य भने दिनेछैनन्। र, अरु कसैको पनि बोल्ड अवतार फिल्ममा नदेखाइने उनको कडा शर्तलाई निर्माण पक्षले स्वीकार गरेका छन्।

Comments