काठमाडौँ । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसदको अन्तिम बैठक शनिबार दिउँसोबाट नयाँबानेश्वरमा बसिरहेको छ ।

दिउँसो ३ बजे बैठक बस्नुअघि संसद भवन परिसरमा फोटो खिचाउने कार्यक्रम आयोजना गरियो । सभामुख ओनसरी घर्तीको पहलमा भएको फोटो सेसन कार्यक्रममा शीर्ष दलका नेताहरु एकै ठाउँमा देखिए ।

संसदको अन्तिम बैठकमा सहभागी हुन शीर्ष दलका सबैजसो नेताहरु दौरासुरुवालमा सजिँदा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सुट पाइन्टमा सजिएका थिए । सभामुख ओनसरी घर्ती रातो साडी र कोटमा सजिएकी थिइन् ।

फोटो सेसन कार्यक्रममा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी थिए । तर, एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने त्यहाँ देखिनुभएन ।

 

Comments

comments