एजेन्सी । जापानी तट नजिकै प्रशान्त महासागरमा एउटा भारतीय मालवाहक जहाज डुबेको छ। यो जहाज डुबेपछि चालक दलका ११ जना भारतीय वेपत्ता भएका छन् । जहाजसँगै डुबेका १५ जनालार्इ भने उद्दार गरिएको छ।

जहाज डुबेपछि फिलिपिन्स, जापान र चीनमा रहेका भारतीय राजनीतिक मिशनले जहाज र वेपत्ता भएकाहरूको खोजी थालेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले यो मिशनले जहाज डुबेपछिको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ। ‘ओकिनावाको तट नजिकै जहाज डुबेपछि चालक दलका १५ भारतीय सदस्यलार्इ बताइएको छ । जसमध्ये ११ जना वेपत्ता छन् ।’, भारतीय विदेश मन्त्रालयले भनेको छ।

जापानी तटरक्षकले एक विज्ञप्ती जारी गर्दै ३३, २०५ टनवाला मालवाहक पोत ‘एमरल्ड स्टार’ ले डुब्नुअघि समस्या रहेको सन्देश पठाएको थियो । यो जहाज फिलिपिन्सको उत्तरी तटबाट करिब २८० किलोमिटर टाढा थियो । यो जहाजमा २६ जना भारतीय नागरिक सवार थिए ।

Comments

comments