काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन आज शनिवारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलनमा भाग लिन विश्वभरका नेपाली काठमाडौं आएका छन् ।
विश्व सम्मेलनले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

यो पटक अध्यक्ष पदमा अहिलेसम्म् ३ जनाले उम्मेदुवारी दिने घोषणा गरेका छनु । अहिलेका उपाध्यक्ष भवन भट्ट,आइसीसी सदस्य जमुना गुरुङ तथा पूर्व उपाध्यक्ष टिबी कार्कीले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

मुख्य प्रतिस्पर्धा भट्ट र गुरुङबीच हुने देखिन्छ । तर,सहमतिको लागि नेतृत्व चयन गर्ने पहल भने जारी रहेको एनआरएनए नेताहरुले बताउँदै आएका छन् ।

Please follow and like us:

Comments