जीवनका अनुभव र  चुनौतीलाई सिकाईको अवसरको रुपमामा स्वीकार्ने  मिस नेपाल अष्ट्रेलिया २०११ कि विजेता ऋचा धितालको  अरु दुई वटा परिचय छन् | उनि मोडल र नायिका पनि हुन् | आफ्नो व्यक्तित्व, विचार  र आवरणमा आत्मविश्वाशी ऋचा  विगतका दिनहरुबाट निकै सन्तुष्टि  मिलेको बताउँछिन् |   उनि भन्छिन् “आत्मसन्तुष्टि नै सबै भन्दा ठुलो  खुशी हो| ”

ऋचाको अनुभवमा थुप्रै संघर्षका दिनहरु बितेका छन् | आफुमा एउटा व्यक्तित्वको  उचाई ग्रहण गर्न सबैबाट पाएको सहयोग र उत्प्रेरणा उनि बिर्सनै सक्दिनन् | ” सबैको निकटता र सहयोगले म भित्रको दुविधा नै हटेको छ | मैले भेटेका मानिसहरु धेरै असल छन् जसले मेरो आवस्यकतामा सहयोगीको भूमिका खेलिदिनु भएको छ |”- ऋचा भन्छिन् |

10695196_10203858176286611_1781855284_n

मानिसहरु अरु दोषी भएको कुरा धेरै गर्ने गर्छन् | अरु माथि दोष दिने र अनावश्यक कुरा गरेर आनन्द लिने मानिसहरुको व्यवहार परिवर्तन भएको हेर्ने चाहना छ ऋचालाई | उनि भन्छिन् सबै महत्वपूर्ण कुरा आफूमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्छ जसले समाजको निम्ति फाइदा पुगोस |

जीवनको महत्वपूर्ण पाटो परिवार र साथिहरु सँग जोडिएको महसुस गर्ने ऋचा खुशी हुँदा र समस्या पर्दा उनीहरुबाट पाएको आशिर्वाद र सहयोग सम्झिरहेकी हुन्छिन् |

ऋचाको अर्को परिचय उनि नर्सिङ पेशामा  संलग्न छिन् | उनि  यो परिचयलाई समेत कायम  राख्दै ग्ल्यामर र मिडिया सँग पनि नजिकै रहने प्रयासमा छिन् | पछिल्लो पटक सार्वजनिक प्रदर्शनको तयारीमा रहेको  चलचित्र हमजाएगाको प्रोमोसनमा समलग्न ऋचालाई दर्शकहरुले कतिको रुचाउने छन् त्यो त चलचित्र प्रदर्शनमा आए पछि नै थाहा हुने छ |

मिस नेपाल अष्ट्रेलियाकी बिजेता ऋचा सबैलाई भन्ने गर्छिन् ” आफु र आफ्नो कामलाई माया गर्नु पर्छ अनि लक्ष प्राप्तिका लागि परिश्रम नै गर्नुपर्छ | असम्भव भन्ने कुरा नै हुँदैन | जीवन  मात्रै जन्म  र मृत्यु होइन , असम्भव कुराहरु माथि विजय प्राप्त गर्नु अनि सबै किसिमका डरहरुलाई अधिनमा राख्न सक्ने आफ्नै क्षमता चिन्ने अवसर हो | ”

10681785_10203858176526617_1470517315_n

Comments

comments