काठमाडौं । संविधानसभाबाट रुपान्तरित ब्यवस्थापिका संसदको अवधि आज रातीदेखि सकिदैछ । भोलि प्रतिनिधिसभाको समानुपातिक सिटमा उम्मेदवारी दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनबाट संसदको अवधि समाप्त हुने संविधानको संक्रमणकालीन ब्यवस्थामा उल्लेख छ ।

सांसदको पदावधि सकिने भएकाले सभामुख ओनसरी घर्तीले आज दिउँसो ३ बजे विदाइ बैठक बोलाउनु भएको छ । त्यसअघि अपरान्ह २ बजे सामुहिक तस्विर खिचाउने कार्यक्रम तय गरिएको छ । ३ बजे बस्ने संसदको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले विदाई भाषण गरेपछि सभामुख घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुनेछ ।

प्रमुख तीन दलबीच सहमति जुट्न नसक्दा महत्वपूर्ण दुई विधेयक भने पारित हुन सकेन । सहमति नजुट्दा चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्बन्धि विधेयक पारित हुन नसकेको हो । अब सरकारले यी दुई विधेयकलाई अध्यादेशका रुपमा जारी गर्न सक्नेछ ।

Comments