काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

शुक्रवार राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

यस्तै राप्रपाबाटै जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् भने कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । राज्यमन्त्रीहरुका पनि मन्त्रालय तोकिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ शनिवार हुनेछ ।

Comments

comments