काठमाडौँ । प्रदेशका प्रमुखको सेवा सुविधाबारे पेश गरिएको विधेयकबारे शुक्रबार बसेको व्यवस्थापिका संसदमा छलफल भएको छ ।

यस छलफलमा सहभागी हुँदै राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुन यो विधेयकको दफा १६ मा व्यवस्था गरिएको प्रदेश प्रमुखलाई मुद्दा नलाग्ने व्यवस्थाविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउनुभएको  हो ।

‘कुनै पनि व्यक्ति काुनन भन्दा माथि हुँदैन । निज पदमा हुँदा या सेवानिवृत्त हुँदा मुद्दा लाग्ने छैन भन्ने व्यवस्था खारेज हुनुपर्छ’, पुनले भन्नुभयो, ‘यदि कुनै व्यक्तिले गल्ती गरेको छ भने ऊ विरुद्ध अदालतमा मुद्दा हाल्नबाट जनतालाई बञ्चित गराउन पाइँदैन ।’

सांसद पुनले यही विधेयकको १० नम्बर दफामा रहेको प्रदेश प्रमुखले खर्चको बिल भरपाई देखाउनुनपर्ने कुरा पनि हटाउनुपर्ने माग गर्नुभयो ।

Comments

comments