दार्जिलिङ । दार्जिलिङमा फेरि हिंसा भड्किएको छ । गोर्खाल्याण्डका कार्यकर्ता र प्रहरीबीच दार्जिलिङमा शुक्ररबार भएको झडपमा दुईजनाको मृत्यु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई प्रहरीले पक्राउ गर्न खोज्दा भएको झडपमा अमिताभ मल्लिक नामका प्रहरी र परिचय  नखुलेका आन्दोलनकारीको ज्यान गएको हो ।

ममता बेनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले दार्जिलिङमा अलग राज्यको मागमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाबाट निष्काशित विनय तामाङ र अनित थापालाई जिटिए प्रमुख–उपप्रमुख बनाएको छ । गुरुङविरूद्ध भने मुद्दा चलाएर पक्राउ पुर्जी जारी गरेको छ ।

साढे तीन महिना लामो आमहड्ताल स्थगित भएको १६ दिनपछि प्रहरीले गोर्खाल्याण्ड आन्दोलनका नेता गुरुङलाई पक्रन खोज्दा झडप भएको हो । यो घटनापछि गोर्खाल्याण्ड आन्दोलन पुनः चर्किने भएको छ। आमहड्ताल स्थगित भएपछि दुई सातादेखि दार्जिलिङ शान्त अवस्थामा थियो ।

Comments

comments