काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

विश्व सम्मेलन सुरु हुनुभन्दा तीन दिनअघि बधवार गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

वर्तमान अध्यक्ष शेष घले पत्नी गुरुङले एनआरएनएलाई विश्वकै सफल संस्थाकोरुपमा स्थापित गर्न उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

एनआरएनएको आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले उम्मेदवारी घोषणा गर्नुभएपछि अर्का अध्यक्षका उम्मेदवार भट्टलाई ठूलो धक्का लाग्ने भएको छ ।

सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार आठ सय प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएको हो ।

Comments

comments