भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकारमा जबराले माओवादीले आफू सरकारमा पनि सहभागी हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरि सरकारमै बसिराख्नु राजनीतिक बेइमानी भएको भन्दै तत्काल माओवादीले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताउनु भयो ।

उहाँले बाम गठबन्धन र प्रजातान्त्रिक शक्तिबीचको सामिप्यता संविधान जारी पश्चात आवश्यकता रहेको र यो देशको हित अनुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको बिजय निश्चित रहेको बताउनु भयो ।

उहाँले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बताउनु भयो ।

सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दे स्थिर सरकार र दिगो बिकासमा टेवा पुग्ने समेत उहाँको टिप्पणी छ ।

नेपालमा पछिल्लो समय बैदेशिक हस्तक्षेप बढेको बताउँदै उहाँले यसका लागि नेपालका राजनीतिक दलहरुका नेताहरु जिम्मेवार रहेको समेत बताउनुभयो ।
राप्रपा राष्ट्र«वादी र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने उहाँले जानकारी दिनुभयो ।

Comments

comments