दाङ । दाङको शान्तीनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा संचालन हुने गरेको रहस्य खुलेको छ ।

जुवा सञ्चालन भइरहेको सुचना पाएपछि प्रहरीले छापा मार्दा शान्तीनगर २ बाघमारे स्थित गाउँपालिका अध्यक्ष डाँगीको घरमा जुवा खेलिरहेका ९ जना लाई प्रहरीले पक्राउ गरेपछी यस्तो रहस्य खुलेको हो  ।

डाँगीको घरमा छापा मार्दा  राकेश डाँगी,गोविन्द बस्नेत, हर्कबहादुर विष्ट, मिनबहादुर खड्का, विरबहादुर विष्ट, राम चौधरी, रत्नबहादुर विष्ट, कर्णबहादुर परियार र डिल्लीबहादुर वली कौडा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैयाँ बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

पक्राउ परेकालाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ । गाउँपालीका अध्यक्ष डागी  असार १४ भएको स्थानीय तहको चुनावमा काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

Comments

comments