काठमाडौं । बुद्ध एयरले एयरबसमार्फत अन्तराष्ट्रिय बजारमा पहुँच बढाउने तयारी गरेको छ ।

कम्पनीले सेवा सुरु गरेको २० बर्ष पुरा भएको उपलक्ष्यमा जारी विज्ञप्तिमा उक्त योजना सार्वजनिक गरिएको हो ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध एयरले अन्तराष्ट्रिय हवाइजहाज उत्पादन गर्ने यूरोपेली संस्थासँग एयरबस ल्याउनेबारे छलफल गरेको जनाएको छ ।

उडानका लागि बुद्ध एयरले एयरबसका ३२० फेमिली सिरिजका जहाज पनि ठम्याइसकेको खबर आजको कान्तिपुरमा छ ।

Comments

comments