मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत युवतीलाई बलात्कार गर्ने धम्की दिने भारतको कोलकाता निवासी अग्नीश्वर चक्रवर्ती पक्राउ परेका छन् । चक्रवर्तीको उक्त सार्वजनिक भएपछी कोलकाता प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इञ्जिनियरिङ्ग गरेका २४ वर्षीय चक्रवर्तीले सामाजिक संजाल, स्काइप मार्फत धम्की दिएका थिए । मेलबर्न निवासी, भारतीय मूलकी ती युवतीका अनुसार, स्काईपमा अग्नीश्वरले स्माईली आईकन पठाएका थिए, युवतीले त्यसलाई डिलिट गरेपछि तथानाम गाली गरे । युवतीसँगै उनको भाईलाई पनि मार्ने धम्की दिएका थिए ।

पक्राउ परेका उनलाई कडा कारबाही हुनुपर्ने भन्दै भारतीय युवाहरुले सामजिक संजाल मार्फत अहिले हस्ताक्षर अभियान नै चलाएका छन् । उक्त अभियानमा हजारौंले हस्ताक्षर समेत गरिरहेका छन् ।

Comments

comments