काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा अन्तराष्ट्रिय स्तरको ७ सय ५० शैयाको नेपाल मेडिसीटी अस्पताल सञ्चालनमा ल्याउनु भएको छ ।

यो अस्पताल सञ्चालनमा आएसँगै सबै रोगको नेपालमा उपचार हुने र कुनै पनि नागरिकले उपचारका लागि विदेश जान नपर्ने भएको छ । यसका लागि अस्पतलमा आवश्यक पर्ने पूर्वाधार र प्रविधि रहेको छ । अस्पतालले न्यूरो, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एण्ड स्पोर्टस मेडिसिन लगायतको सेवा दिने अस्पतालले जनाएको छ ।

आयोजित कार्यक्रममा डा. उपेन्द्र महतोले स्वास्थ्य समस्याका कारण कसैको अकालमा निधन नहोस भन्ने उदेश्यले विदेशमा पाउने सेवा नेपालमा नै दिन अस्पताल सञ्चालमा ल्याएको बताउनु भयो ।

अस्पतालमा २४ सैं घन्टा डाक्टर उपस्थित रहनेछन् । जसका कारण बिरामीले सहजै भरपर्दो उपचार पाउने अपेक्षा गरिएको छ । अस्पतालले बिरामीको उपचारमा कुनै कमी आउन नदिने बताउने भयो । उहाँले भन्नुभयो,‘मलाई अस्पताल खोल्न आमाको प्रेरणाले हो, मेरो गाँउमा एमबीबीएस डाक्टर र एउटा एम्बुलेन्स थियो भने आज मेरी आमा मसँग हुनुहुन्थ्यो ।’

उहाँले थप्नु भयो अब कुनै पनि नागरिकले स्वास्थ्यका कारण अकालमा ज्यान गुमाउन नपरोस भन्ने कामना गरेको छु । एनआरएनएका सदस्यहरुले वर्षिक ९ सय ५० डलर तिरेपछि उनीहरुका बाबु र आमाको निशुल्क उपचार गराउने योजना ल्याएको छ ।

Comments

comments