काठमाडौं । चर्चित नेपाली अभिनेत्री रेखा थापाको कार दुर्घटना भएको छ । उनी आफैले चलाइरहेको कारलाई चाबहिलमा एउटा मालबाहक ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनाबाट कारको साइडमा क्षति पुगेको छ । नायिका रेखा थापा भने सकुशल छिन् । ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना पछि अत्तलिएकि रेखाले भनेकी छिन् , ” भाग्यले बाँचे। अहिलेसम्म मलाई के भयो भनी होस छैन। चलाईरहेको कारमा अगाडीबाट ट्रकले एक्कासी ठक्कर दियो। म निकै आत्तिएँ। म सुरक्षित छु।’

Comments

comments