काठमाडौं । गायक तथा कार्यक्रम संचालकको रुपमा परिचय बनाएका आदित्य नारायण झाले सार्वजनिक माफी मागेका छन् । एयरपोर्ट कर्मचारीलाई अपशब्द बोल्दै धम्काएको घटनालाई लिएर उनले माफी मागेका हुन् ।

भारतीय संचार माध्यमका अनुसार, आदित्यको उक्त भिडियो भाइरल हुँदा उनका बुवा, सुपरहिट गायक उदित नारायण देश बाहिर थिए । घर फ़र्किएपछि उदितले आदित्यलाई सम्झाएर माफी माग्न लगाएका कारण उनले सार्वजनिक माफी मागेका हुन् ।

गायन प्रतियोगिताको कार्यक्रम सारेगमप चलाउँदै आएका आदित्यले सारेगमपको मंचबाट नै माफी मागेका छन् । उनले भनेका छन् ,‘म माफी चाहन्छु। मलाई पश्चताप लागेको छ। तपाईहरुलाई थाहा छ की म यस्तै छु। म सबैलाई धन्यबाद दिन चाहन्छु की यतिका वर्षसम्म मलाई माया, स्नेह र साथ दिनुभयो।’

केही दिन अगाडी सार्वजनिक भएको आदित्य नारायणको गीतमा आपत्तिजनक शब्द प्रयोग गरिएका कारण पनि उनी अहिले विवादमा तानिएका छन् ।

Comments

comments