-अच्युत वाग्ले

गैरआवासीय नेपाली संघ (एनआरएनए) को जुन अवधारणा हो, त्यो अवधारणाको हिसाबले एनआरएनएले नेपालको हितमा काम गर्यो वा गरेन भनेर हेर्न आवश्यक छैन । किनभने उनीहरूले विश्वव्यापी सङ्गठन बनाएर नेपाली पहिचानलाई सुरक्षित तथा परिचित बनाउने काम गरेका छन् । त्यसप्रति नेपाल र नेपाली खुसी भए हुन्छ ।

एनआरएनए संगठनको स्वरुप हेर्ने हो भने यसमा पैसा कमाएका व्यक्तिको प्रभुत्व छ । संगठनको प्रारम्भदेखि अहिलेसम्म नेतृत्वमा यिनै व्यक्ति हाबी छन् । गैरआवासीय संगठनको मुल धारमा यस्ता खालका मानिस छन् । संसारमा थोरै भएपनि नेपालीहरूले प्राज्ञिक, वैज्ञानिक तथा सामाजिक क्षेत्रमा सफलता हासिल गरेका छन् । जसले सामान्य पेशा गरेका छन् उनीहरूसँग पैसा छैन । उनीहरूको संख्या ठूलो छ । त्यो धार एनआरएनएको संगठन संरचनामा समाहित भएको छैन । केही व्यक्तिलाई सल्लाहकार तथा सदस्यमा राख्ने गरिएको छ । प्राज्ञिक पेशाकर्मीहरु एनआरएन अभियानमा जोडिन चाहेका छैनन् ।

विदेशमा बस्नेहरुमध्ये वैधानिकरअवैधानिक अनेक रुपमा पुगेको अर्को समुदाय छ । जसले प्राज्ञिक क्षेत्रमा पनि सफलता पाएको छैन र पैसापनि कमाएको छैन । यो समुदायपनि एनआरएन अभियानमा जोडिएको छैन । कोही जोडिए पनि वैधानिक हुनको लागि कागजपत्र मिलाउने कामको लागि मात्र जोडिने गरेका छन् । संगठनलाई अगाडि बढाउने गरी यो समुदाय पनि आएको छैन । अझ खाडी मुलुक, मलेसिया लगायतमा श्रम बेच्ने श्रमिकसँग यो संस्थाको कुनै सरोकार नै छैन् ।

बेलायत, अमेरिकामा हेर्ने हो भने वैध अवैध जसरी गएपनि पेट्रोल पम्प रेष्टुरेन्टमा काम गर्ने समुदायको एनआरएनमा कुनैपनि ‘स्टेक’ छैन । विदेशमा ठूलो हिस्सा यसरी बस्ने नेपालीको छ । संगठनमा व्यापारमा सफलता पाएकाहरूको सीमित व्यक्तिहरूकै हाली मुहाली छ । जताबाट आएपनि यिनै व्यक्ति नेतृत्वमा आउने हो । एनआरएनएमा झगडा पनि यिनै व्यक्तिबीच भएको छ ।

त्यही कुरालाई यसरी पनि भन्न सकिन्छः खाडी र मलेसिया जस्ता देशमा हुने प्रतिनिधित्वमा १० वर्षदेखि बसेका नेपालीलाई एनआरएन संगठन प्रक्रियामा कुनै रुची छैन । मलेसिया र खाडी क्षेत्रमा ठेकेदारी र इन्जिनियरिङ गरेका व्यक्ति हाबी छन् । एनआरएनको संगठनमा व्यापारमा सफलता पाएकाहरूको वर्ग नेतृत्वमा छ । जताबाट आएपनि यिनै व्यक्ति नेतृत्वमा आउने हो । एनआरएनएमा झगडा पनि यिनै व्यक्तिबीच भएको छ । नेतृत्व गर्नेहरूमा पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने दम्भ छ ।

एनआरएनलाई ४ वटा वर्गमा विभाजन गरेर हेर्नुपर्छ । एउटा आफ्नै लगानी भित्राएर व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्न सक्ने । अर्को अरू विदेशी लगानीलाई नेपाल भित्राउन सम्पर्क सुत्रको रूपमा काम गर्ने । तेस्रो आफै परिश्रम गरेर रेमिट्याट्यान्स पठाउने । र चौथो चाहिँ कुनै आर्थिक योगदानमा संलग्न नभएको तर एनआरएन भजाएर राजनीति गर्ने । यो चौथो वर्ग हाम्रो लागि बेकार छ । म यदि राज्यको निर्णायक तहमा हुन्थे भने यो वर्गलाई राज्यबाट कुनै सुविधा नदिने निर्णय गर्थे । एनआरएन र नेपालीहरुको विषय पनि हावादारी बढी भयो । तथ्य र तंथ्यांकमा रहेर बहस भएन । हामी तथ्यमा नगएर बहस गर्ने गरेका छौं । यसले नीति निर्माणमा पनि असर गरेको हुन्छ ।

एउटा सामान्य उदाहरण हेरुँ । एनआरएन नेताहरुले हामी ४० लाख नेपालीको प्रतिनिधित्व गर्छौं भनेका छन् । विदेशमा ५५ लाख नेपाली छन् भनिन्छ । त्यो ५५ लाख नेपालीको आंकडा कहाबाट आयो रु कहिलेपनि यसलाई चेक गरिएको छैन । २०६८ सालको जनगणना अनुसार साढे १९ लाख नपाली विदेशमा रहेका छन् । त्यो तथ्यांक घरघरमा गएर निकालिएको हो । भारतमा पनि ६० लाख नेपाली रहेको भनिन्छ । भारतको जनगणना अनुसार २१ लाख नेपालीभाषी रहेको देखाएको छ ।

एनआरएनए अन्तराष्ट्रिय संस्था हो भने उहाँहरु तथ्य तथ्यांकको आधारमा, विषयवस्तुको आधारमा सरकारसँग सौदाबाजी गर्नुपर्छ । तथ्यमा आधारित नहुँदा यो संगठन हावादारी हुन थालेको छ ।

यसमा पछिल्लो समयमा गम्भीर बिकृति के देखिएको छ भने एनआरएन स्रोतले दिने तथ्यांक गलत र आपत्तिजनक छ । विदेशमा बस्ने नेपालीले पठाएको रेमिटेन्सले देश चलेको छ भनेर दोर्याइएको छ । यो सत्य हो । तर, अर्को सत्य के हो भने एनआरएनको राजनीति गर्नेहरुले नेपालमा रेमिटेन्स पठाएका छैनन् ।

कानूनी परिभाषा छाड्ने हो व्यवहारमा जसले आफुलाई एनआरएन भनेका छैनन् उनले रेमिटेन्स पठाउने हो । उनीहरुमाथि अरुले राजनीति गर्ने हो । यो आपत्तिजनक छ ।

म सरकारको निर्णायक हुन्थ्थे भने एनआरएनको सदस्यतालाई चार श्रेणीमा बाँड्ने थिएँ । पहिलोमा नेपालमा ठूूलो लगानी ल्याउने, अर्कोमा लगानी ल्याउन मद्दत गर्ने र रेमिटेन्स पठाउनेको कोटी छुट्टै राखेर यसमा राजनीति गर्नेलाई एनआरएनको सदस्य लिन नपाउने व्यवस्था गर्ने थिएँ । अहिले एनआरएनमा चौथो कोटी हाबी छ ।

एनआरएन संगठन बनेपछि नेपालका राजनीतिक दलले केही अपेक्षा अगाडि सारे । यी अपेक्षा स्वभाविक रुपले अव्यवहारिक थिए । अपेक्षा राख्नेको पनि गल्ती थियो र अपेक्षा दिनेले पनि यसलाई चुलिन दिए । एनआरएन भनेपछि के के न हुन्छ भन्ने कुरा भए ।

एनआरएन अभियानलाई ठूलो धक्का पुगेको छ । हाम्रो अपेक्षा पैसाको मुल्यमा हुन्छ । कति लगानी ल्याउछ भन्नेमा मात्र यसलाई हेरियो । पैसा मात्र ठूलो कुरा होइन । छिटपुट सल्लाहकार जस्ता भूमिकामा बाहेक अलिकति बौद्धिक रुपले सचेत समुदाय यसमा संलग्न छैन । सीप, प्रविधि र व्यवस्थापन ठूलो कुरा हो । पैसा मात्र नभएर नेपाल विकास नभएको होइन । त्यसमा एनआरएन अभियानबाट काम भएन ।

एनआरएनलाई पनि हामीले संगठन बनायौं सुविधा चाहियो भन्ने भयो । दोहोरो नागरिकताको कुरा जसले नेपाल आउँदा भिसा नचाहिने भयो । यी कुराको अपेक्षा स्वभाविक थियो ।

नेपालमा लगानी ल्याउने र लगानी प्रवद्र्धन स्वभाविक हो । दोस्रो पुस्ताका छोराछोरीलाई नेपालसँगको भावनात्मक नाता तोड्न नदिने काम गर्नुपर्छ । यसमा एनआरएन अभियान पूर्ण रुपमा असफल भएको छ । योप्रति सद्भाव पनि देखिएन । म विदेश जादा देख्छु कि नेपाली भाषा बोल्नुभन्दा अंग्रेजी नै बोल्दा राम्रो मान्ने अभिभावकहरु छन् ।

यसमा एनआरएनए मात्र दोषी छैन । हाम्रो सरकार पनि दोषी छ । एनआरएनहरुले केही देशमा नेपाली भाषा पढाउने सानो प्रयास गरेका छन् । यसमा सरकारले उत्साहित भएर प्रवद्र्धन गर्नुपर्छ । यो भाषाको मात्र कुरा होइन । भावनात्मक सम्बन्धलाई जोगाउने कुरा हो । जुन कालान्तरमा आर्थिक सामाजिक लाभमा रुपान्तरण हुन्छ ।

घरसँग तपाईको भावनात्मक सम्बन्ध तोडिएपछि तपाईले पैसा पठाउनुहुन्न । यो पक्षमा दुवैतिरका अपेक्षा पुगेन ।

३५ देशमा राजदुतावास छ । यसको लागि ७० करोड छुट्टाउन केही ठूलो कुरा छैन । उनीहरुको भाषामा निवन्ध लेख्नुपर्छ । यसमा सगरमाथा र गौतम बुद्धलाई राख्न सकिन्छ । यो सिर्जनालिशता किन छैन भने पैसा कमाएर टुप्पिएको वर्ग एनआरएन अभियानमा हाबी छ । पैसाको घमन्ड बढी छ । बैचारिक सिर्जनशिल सोच छैन । यसले दोस्रो तेस्रो पुस्तासम्म जोगाउने चुनौती छ ।

अहिले एनआरएन अभियानभित्र नेपालका राजनीतिक दलभित्र जतिवटा गुट छन् त्यो भन्दा थप गुटको राजनीति छ ।

एनआरएन अभियानले जुन सुकै देशमा बसेको भएपनि त्यहाँको लोकतान्त्रिक मुल्य मान्यतासँग समाहित भएको छैन ।

एनआरएनए एउटा संगठन बनेको छ । संगठन, एनआरएनको हितमा लाग्नुपर्छ । नेतालाई भेट्ने हितमा मात्र प्रयोग हुनुहुँदैन ।

दोस्रो सिप र ज्ञान सिकेको पुस्तालाई नेपालको हितमा प्रयोग गर्न जोड दिनुपर्छ । राजनीतिक दलले आफ्नो संगठन विस्तारमा यसलाई जोड दिनु भएन । अब आउने नेतृत्वले दूरदृष्टिकोणले लैजानुपर्छ ।

एनआरएनले नेपालमा लगानी, उद्यमशीलता र आयोजनाको सफलताको उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । त्यो हुन सकेको छैन । केही थोरै रकम दान दिने र त्यसको प्रचार गर्ने मात्र काम भएको छ । नेपालको समग्र आर्थिक उन्नति, दीर्घकालिन उत्पादकत्व बृद्धि र प्रविधि हस्तान्तरणको दृष्टिकोणको खाका सहित काम भएको छैन । छिटपुट रुपमा काम भएको छ । एउटा उदाहरणीय ढंगले व्यवसायिक सफलताको मानक तयार पार्नुपर्छ ।

राजनीति मात्रै नभएर एनआरएनए भित्र जातिगत गुटबन्दी हाबी हुँदै गए यसलाई बिघटन गर्नुपर्छ ।

(पुराना पत्रकार तथा आर्थिक, राजनीतिक विश्लेषक वाग्लेसँग गरिएको कुराकानीमा आधारित)

Comments

comments