मेलबर्न । अष्ट्रेलियन ग्रिन्सका नेता रिचार्ड दि नाटालेले अष्ट्रेलियाको नागरिकताको लागि प्रस्तावित नयाँ नियम आधुनिक अष्ट्रेलियाको हित विपरित भएको बताएका छन् । एक स्थानिय संचारमाध्यमसंगको अन्तर्वार्तामा उनले नागरिकताको लागि ल्याइएको अंग्रेजी भाषाको मापदण्डले अष्ट्रेलियामा बढ्दै गैरहेको बहुसांस्कृतिक समाजलाई असर गर्ने बताएका हुन् ।

अन्तर्वार्तामा उनले भनेका छन् ,” यदि एसियाबाट आएको व्यक्ति छ भने, उसले युनिभर्सिटी तहको अंग्रेजी जान्नुपर्नेभयो र बेलायतबाट आएको व्यक्ति हो भने उसलाई त्यो आवश्यक परेन । त्यस्तै अफ्रिकाबाट आएको व्यक्ति हो भने, उसले युनिभर्सिटी तहको अंग्रेजी जान्नुपर्ने भयो र नर्थ अमेरिकाबाट आएको व्यक्ति हो भने उसलाई त्यो आवश्यक भएन । यसले आधुनिक अष्ट्रेलियालाई प्रतिनिधित्व गर्दैन।”

लेबर पार्टी आफूहरुको विचार र मान्यताभन्दा धेरै कुरामा फरक भएपनि, यदि लेबर पार्टी नागरिकता सम्बन्धि यो नयाँ मापदण्डको विपरित गएमा, आफूहरु लेबर पार्टीको साथमा रहने नेता रिचार्डले बताएका छन् ।

तस्बिर स्रोत

Comments

comments