काठमाडौं । महंगो बन्दै गएको स्वाश्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक ‘स्वाास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने भएको छ । 

स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसदको मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।

ऐन लागु भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको पविार र औपचारिक क्षेत्रमा कार्यरत ब्यक्ति अनिवार्य रुपमा विमामा आबद्ध हुनुपर्नेछ । ऐनले विपन्न र विशेष वर्गको प्रिमियम राज्यले व्यहोर्ने चरणबद्ध रुपमा सम्पूर्ण नेपालीको स्वस्थ्य बिमा गर्ने ग्यारेन्टी गरेको छ ।

Comments

comments